वाग्मती

सुनकोसी गाउँपालिकाको: सडक दुर्घटनामा दुईको मृत्यु, चार घाइते

सुनकोसी गाउँपालिकाको: सडक दुर्घटनामा दुईको मृत्यु,  चार  घाइते

१७ भदौ, दोलखा । सुनकोसी गाउँपालिकाको पाँचकिलो नजिक गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यात्रु बोकेको जीप दोलखाबाट काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जिप चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको र यात्रुलाई स्थानीयले उद्धार गरेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

१२७ पटक हेरीएको

सम्बन्धित समाचार