दाङ, २५ जेठ । त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित कोइलाको जङ्गलमा आज दिउँसो एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४ बजेको समयमा जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अस्थायी प्रहरी पोष्ट कोइलाका अनुसार मृतकको साथमा परिचय खुल्ने कुनै पनि कागजात वा सामान फेला नपरेकाले हालसम्म उनको पहिचान हुन सकेको छैन।
कानुनी प्रक्रिया र शव परीक्षण (पोस्टमार्टम) का लागि मृतकको शवलाई एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङ पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
५० पटक हेरीएको