रोल्पा, रोल्पाकाे रुन्टिगढी गाउँपालिका–८ धावन घर भई विगत लामो समयदेखि मलेसियाको इपो, पेराकस्थित सिटिवानमा रहेको डिङडिङ पोल्ट्री प्रोसेसिङ कम्पनीमा कार्यरत अन्दाजी ३१ वर्षिय कुमार पुन मगरको सडक दुर्घटनामा परी निधन भएको छ।
प्राप्त जानकारी अनुसार मिति २०२६ अप्रिल १९ तारिख काे साँझ सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएका पुनको घटनास्थलमै ज्यान गएको हो। उक्त घटनाले परिवार, आफन्त तथा नेपाली समुदायलाई स्तब्ध बनाएको छ।
https://www.facebook.com/share/v/17HLipiRtb/
मृतक पुन परिवारका एक्ला छोरा थिए। उनका बुबा धनबहादुर पुन र आमा लालमती पुन वृद्धावस्थामा छन्। उनी परिवारका मुख्य सहारा थिए। उनका श्रीमती खुमा पुन र दुई छोराहरू रहेका छन्। जेठो छोरा सुरज पुन (करिब १० वर्ष) र कान्छो छोरा निर पुन (करिब ६ वर्ष) रहेका छन्।
करीब एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका पुनको असामयिक निधनले परिवार ठूलो पीडामा परेको छ।
२२६ पटक हेरीएको
टेक मगर