शुभकामना सामुदायिक वनमा आगलागी, बस्ती जोखिममा
फोटो ग्यालरी

शुभकामना सामुदायिक वनमा आगलागी, बस्ती जोखिममा

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित शुभकामना सामुदायिक वनमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब २:३० बजेदेखि वडा नम्बर ६ को चोरखोलास्थित खोलाबाट सुरु भएको आगो विस्तार हुँदै सुँगुरपोखरीतर्फ फैलिँदै गएको छ। वडा अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार आगलागीका कारण स्थानीय पिमलाल डाँगीको कटेज जलेर पूर्ण रूपमा नष्ट भएको छ। कटेरीमा राखिएको चापाको दार जलेर नष्ट भएको […]

विरेन्द्र मावि गाङ रोल्पा का विद्यार्थीले प्रदान गरे विद्यालयलाई जर्सी र भलिबल
अर्थ

विरेन्द्र मावि गाङ रोल्पा का विद्यार्थीले प्रदान गरे विद्यालयलाई जर्सी र भलिबल

रोल्पा, त्रिवेणी गाउँपालिका–७ गाङ, रोल्पामा रहेको विरेन्द्र माध्यमिक विद्यालयका यस वर्षको एसईई दिएका विद्यार्थीहरूले विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन्।विद्यालयका प्रधानाध्यापक बर्मन बुढाका अनुसार २०८२ सालको एसईईमा सहभागी भएका १७औँ ब्याचका विद्यार्थीहरूले विद्यालयबाट विदाइ हुँदै जाँदा सम्मान तथा सम्झनाको रूपमा करिब २० हजार रुपैयाँ बराबरका १८ सेट जर्सी र एक थान भलिबल प्रदान गरेका हुन्।विद्यार्थीहरूको […]

रास्वपा द्वारा त्रिवेणी गाउँपालिकामा वि.सं. २०७४ पछिका योजनाको विवरण माग
मुख्य समाचार

रास्वपा द्वारा त्रिवेणी गाउँपालिकामा वि.सं. २०७४ पछिका योजनाको विवरण माग

रोल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यालय, लिवाङ रोल्पाले त्रिवेणी गाउँपालिकासँग वि.सं. २०७४ पछि सञ्चालन भएका विकास योजनाहरूको विस्तृत विवरण माग गरेको छ। पार्टीका सचिव भुपेन्द्र सिंह वलीद्वारा हस्ताक्षरित पत्रमार्फत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई उक्त जानकारी उपलब्ध गराउन अनुरोध गरिएको हो। पत्रमा “गाउँ–गाउँमा सिंहदरबार” भन्ने नारासँगै स्थानीय तहमा सेवा प्रवाह विस्तार भए पनि पछिल्लो समय […]

मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
मुख्य समाचार

मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको हो । आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]

रुकुममा जेसिबी दुर्घटना हुँदा सह- चालकको मृत्यु
मुख्य समाचार

रुकुममा जेसिबी दुर्घटना हुँदा सह- चालकको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट -७ भम्पुमा जेसिबी दुर्घटना हुँदा सह- चालकको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ को नदुवादेखि झारमारे जोड्ने भित्री सडक खण्डमा काम गर्ने क्रममा आज बिहान रा १ क १४०२ नम्बरको जेसिबी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार मृत्यु हुनेमा […]

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु
अन्तराष्ट्रिय

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेका छन । घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ […]

रोल्पामा अटो दुर्घटना हुँदा, चालक गम्भीर घाइते
मुख्य समाचार

रोल्पामा अटो दुर्घटना हुँदा, चालक गम्भीर घाइते

रोल्पा, रोल्पाको लुङ्ग्री गाउँपालिका–४ धुले ओडारस्थित सुलिचौर– सदक खण्डमा अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब २:५० बजेको समयमा सुलिचौरबाट सिरा तर्फ आउँदै गरेको अटो (लु २–०३–००३५) अचानक अनियन्त्रित भई बाटो किनारामा रहेको पोलमा ठोक्किएको हो। दुर्घटनामा परी अटो चालक लुङ्ग्री गाउँपालिका–३ पाङ बस्ने वर्ष २५ का जोगमान बस्नेत […]

मृगौला पिडित सुरेन्द्र पुन काे आर्थीक सहयोग काे लागी अपील
जीवनशैली

मृगौला पिडित सुरेन्द्र पुन काे आर्थीक सहयोग काे लागी अपील

राजपुर गाउँपालिका–वडा नं. २, बेला, दाङ निवासी सुरेन्द्र पुन विगत चार वर्षदेखि मधुमेह (Sugar) र उच्च रक्तचाप (High Blood Pressure) बाट ग्रसित हुनुहुन्छ। यी रोगका कारण उहाँले दुवै आँखाको ज्योति गुमाउनु भएको छ भने दुवै मृगौला (Kidney) पनि फेल भई हाल नियमित रूपमा डायलाइसिस गराइरहनु भएको छ। डायलाइसिस गराउँदा पनि मृगौलामा जटिलता देखिन थालेकाले यथाशीघ्र […]

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो भीमफेदी मा दुर्घटना; ६ को मृत्यु
मुख्य समाचार

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो भीमफेदी मा दुर्घटना; ६ को मृत्यु

भीमफेदी गाउँपालिका–६ जुरीखेतमा पर्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आइतबार सुमो गाडी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परेकामध्ये ४ जनाको घटनास्थलमै र २ […]

रोल्पामा आफैंलाई गोली हानी एक व्यक्ति घाइते
मुख्य समाचार

रोल्पामा आफैंलाई गोली हानी एक व्यक्ति घाइते

रोल्पा, रोल्पाको परिवर्तन गाउँपालिका–५ त्रिवेणीमा एक व्यक्तिले आफैंलाई गोली हानी घाइते भएका छन्। त्रिवेणीमा पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय दिलकुमार डाँगीले पौष १७ गते राति आफ्नै भरुवा बन्दुक प्रयोग गरी दाहिने कुमको भागमा गोली हानेका हुन्। प्रहरीका अनुसार घटनाअघि डाँगीकी श्रीमती जमुना वलीले आफ्नो श्रीमानले भरुवा बन्दुक देखाउँदै “मारिदिन्छु” भनी धम्की दिएको भन्दै घरबाट […]

रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु
मुख्य समाचार

रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु

रोल्पा, रोल्पामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–१, दाङचौर निवासी ४८ वर्षीया पार्वती बुढा क्षेत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार पौष १४ गते दिउँसो करिब १ बजेको समयमा बुढा क्षेत्री खर काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। घाइते अवस्थामा उहाँलाई सोही दिन साँझ करिब ६ […]

रोल्पामा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु
मुख्य समाचार

रोल्पामा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौना स्थित सहिद मार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मिति २०८२ साल पौष १४ गते बेलुका करिब ८:२० बजे, लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडकमा पल्टिँदा त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी १९ वर्षीय बृगेट बुढा मगर गम्भीर घाइते भएका […]