रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित शुभकामना सामुदायिक वनमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब २:३० बजेदेखि वडा नम्बर ६ को चोरखोलास्थित खोलाबाट सुरु भएको आगो विस्तार हुँदै सुँगुरपोखरीतर्फ फैलिँदै गएको छ।
वडा अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार आगलागीका कारण स्थानीय पिमलाल डाँगीको कटेज जलेर पूर्ण रूपमा नष्ट भएको छ। कटेरीमा राखिएको चापाको दार जलेर नष्ट भएको छ भने तीन वटा बाख्रा बेपत्ता भएका छन्।
आगो नियन्त्रणका लागि प्रयास जारी रहे पनि आगलागी भएको क्षेत्र दुर्गम र अप्ठ्यारो भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाइएको छ। जुगार प्रहरी चौकीका इन्चार्ज राजबहादुर थापाको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटिएको छ भने स्थानीयवासीहरूको पनि उल्लेख्य सहभागिता रहेको छ।
हाल आगो नियन्त्रण बाहिर रहेको र नजिकका बस्तीहरू समेत जोखिममा परेको वडा अध्यक्ष भण्डारीले जानकारी दिएका छन्।
१३० पटक हेरीएको
टेक मगर