समाचार

न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

३० भदौ, काठमाडौँ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको हो ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार सिफारिसको सूचीमा नायव महान्यायाधिवक्ता श्यामकुमार भट्टराई, सर्वोच्च अदालतका सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी र सहसचिव (कानून) सुशील कोइराला रहेका छन् ।

त्यसैगरी जिल्ला न्यायाधीशमा राधाकृष्ण उप्रेती, हरिशचन्द ढुंगाना, धनसिंह महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्रप्रसाद शाह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, काजुराम कोइराला, स्वीकृत ज्ञवाली, कृष्णबहादुर महरा, कृष्णबहादुर महरालगायतको सहभागिता रहेको छ । उच्च अदालतको न्यायाधीशमा बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी र विनोदकुमार पोखरेलको नाम सिफारिस भएको छ ।

कानुन व्यवसायीमध्ये अच्युतकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन मनोनयनमा परेका छन् ।

२२९ पटक हेरीएको

सम्बन्धित समाचार