समाचार

आज देशैभर हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान

आज देशैभर हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान

भारतको दक्षिणपश्चिम बिहारमा विद्यमान न्यून चापीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्दै दैनिक पानी परिरहेको छ । हाल कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका भूभाग लगायत अन्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भने बाँकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै मधेस र कोशी प्रदेशका थोरै स्थानहरुमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति कोशी र मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी पूर्वानुमानको प्रकाशमा, महाशाखाले नदीको बहावमा थोरै बृद्धि हुने र जनस्वास्थ्य, कृषि र दैनिक जीवनमा सम्भावित अवरोध खडा गरी बाढी, पहिरो र भूक्षयको उच्च जोखिम हुने चेतावनी दिएको छ ।

त्यसैले सम्भावित क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

१५७ पटक हेरीएको

सम्बन्धित समाचार