समाचार

काठमाडौंको जुत्ता कारखानामा आगलागी, ९३ लाखभन्दा बढीको क्षति

काठमाडौंको जुत्ता कारखानामा आगलागी, ९३ लाखभन्दा बढीको क्षति

असोज ७, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोक्कुमार श्रेष्ठको जुत्ता कारखानामा आगलागी भएको छ ।

आगलागीबाट मेसिन, केमिकल र जुत्तामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको डिएसपी नारायण अधिकारीले बताए । गएराति सर्ट सर्किटका कारण आगलागी भएको उनले बताए ।

अर्को घटनामा काठमाडौं महानगरपालिका–७ चाबहिलका ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास चुहिएर अचानक आगलागी भएको छ ।

१९६ पटक हेरीएको

सम्बन्धित समाचार