कर्णाली

भूकम्पमा परी नलगाड नगरपालिकाका उपमेयर सिंहको मृत्यु

भूकम्पमा परी नलगाड नगरपालिकाका उपमेयर सिंहको मृत्यु

कार्तिक १८, काठमाडौं । भूकम्पले जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन भएको छ ।

गएराति भूकम्प जाँदा जाजरकोटको सदरमुकाम खलंगामा रहेका सिंह भत्किएको संरचनामुनि फसेर गम्भीर घाइते भएका थिए । जाजरकोटमा गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । नलगाड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्णबहादुर खत्रीले उनको निधन भएको पुष्टि गरेका छन् ।

गत वर्ष स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनिधि निर्वाचित भइसकेका सिंहको निधनले समुदायलाई गहिरो शोक र शोकमा डुबेको उनले बताए ।

१६९ पटक हेरीएको

सम्बन्धित समाचार