९ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज बिर्तामोडस्थित इस्टर्न एम्पायर कलेज अफ होटल म्यानेजमेन्टको प्रांगणमा पृथ्वीनारायण शाहको पूर्ण आकारको शालिक अनावरण गर्ने भएका छन् ।
कार्यक्रम प्रस्ट रूपमा कलेजले आयोजना गरेको भए पनि यसको पछाडि हिन्दू राज्य र संवैधानिक राजतन्त्रको वकालत गर्ने दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी (आरपीपी) हो भन्ने बुझाइ छ। केही दिनयता झापामा रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजाको भ्रमणका क्रममा स्वागतमा सक्रिय छन् । शालिक अनावरण गर्न पूर्वराजा शाह हिजो (शुक्रबार) झापा आइपुगेका हुन् । उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध रहेका ‘बाले’ भनेर चिनिने बलराम सापकोटाको मेचीनगरको इटाभट्टास्थित पाँचतारे होटल मेची क्राउनमा बसेका छन् ।
१६४ पटक हेरीएको