४ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामा विज्ञ र सरोकारवालासँग छलफल सुरु गरेको छ ।
मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले स्वदेशी तथा वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सरकारले श्रम आप्रवासन नीति ल्याउन लागेको जानकारी दिए । उनले आगामी पञ्चवर्षीय योजनामा श्रम समस्यालाई प्रवर्द्धन र समेटेर यस क्षेत्रलाई व्यवस्थित बनाउन पनि नीति आवश्यक रहेको बताए । सचिव केवलप्रसाद भण्डारीले कार्यदलबाट प्राप्त सुझावका आधारमा मस्यौदा परिमार्जन गरिने जानकारी दिए । श्रम आप्रवासन नीतिमा स्वास्थ्य र सामाजिक सुरक्षालाई प्रमुख एजेण्डाका रूपमा सुनिश्चित गर्न मन्त्रालयले पहल गरिरहेको छ ।
कार्यक्रममा सरोकारवाला तथा विज्ञहरुले सुझाव दिएका थिए । सरकारले श्रम विज्ञ डा गणेश गुरुङको संयोजकत्वमा श्रम आप्रवासन नीति तर्जुमा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले नीतिको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
१८० पटक हेरीएको