३१ भदौ, चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलकी ४४ वर्षीया फगुना महतो रहेका छन् ।
महतो शनिबार साँझ डुंगाघाट क्षेत्रमा मृत फेला परेका थिए । महतोलाई माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
१७७ पटक हेरीएको