असोज ४, काठमाडौं । डडेल्धुरामा भएको सामूहिक बलात्कार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
पीडित महिलाले दिएको उजुरीपछि पक्राउ गरिएको हो । भागेश्वर गाउँपालिका–३ निवासी चारै जनालाई पक्राउ गरिएको हो ।
अनुसन्धान जारी रहेकाले प्रहरीले पक्राउ परेकाहरुको परिचय गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाबारे थप विवरण आज दिउँसो ३ बजे दिने जनाएको छ ।
२१० पटक हेरीएको