१३ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श (एनसीसी) ले नेपालमा लगानी गर्न जापानी उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
एनसीसीका अध्यक्ष राजेन्द्र मल्लले एसियामा साना तथा मझौला उद्यमका लागि अन्तर्राष्ट्रिय सहयोग सङ्गठन (आइसोसिया) का नेपाल भ्रमणमा रहेका प्रतिनिधिहरूसँगको छलफलमा जापानी लगानी र साझेदारीका लागि सुझाव दिएका थिए । उनले नेपालको जलविद्युत विकास, पर्यटन, औद्योगिक र विद्युत क्षेत्रमा लगानी गर्न जापानी उद्यमीहरुलाई आग्रह गरे । ‘नेपाल र जापानबीच उच्चस्तरीय आर्थिक र कूटनीतिक सम्बन्ध छ । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न जापानी उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दछु,’ उनले भने । आइकोसियाका अध्यक्ष कुरोसे नाबुहिरोले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रका बारेमा जानकारी लिएका थिए । उनले कोभिड–१९ महामारीपछि साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताए ।
आइकोसियाका अध्यक्षले नेपालमा जलविद्युत, पर्यटनलगायतका लगानीका सम्भावित क्षेत्रहरूमा संयुक्त लगानीका लागि एनसीसीसँग साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
१८१ पटक हेरीएको