मुख्य समाचार

सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन्

सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन्

२४ भदौ, काठमाडौं । वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेशसभा बैठकको सञ्चालनबारे छलफल गर्न सभामुख पाठकले आइतबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । एमालेलगायत विपक्षी दलको आपत्तिपछि बैठक अवरुद्ध भएको हो ।

सर्वदलीय बैठकबाट सहमति हुने सम्भावनासँगै आज ११ बजे प्रदेशसभाको बैठक पनि बोलाइएको छ । साउन ७ गतेदेखि प्रदेशसभा बैठक बसेको छैन ।

सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि भदौ ४ गते बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भएको थियो ।

१३३ पटक हेरीएको

सम्बन्धित समाचार