३१ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्ष प्रदेशका किसानलाई प्रोत्साहन गर्न १७ प्रकारका अनुदान दिने भएको छ ।
चालु आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न अनुदान दिइने भएको छ ।
प्रदेश कृषि निर्देशनालयका अनुसार कृषि व्यवसाय समूह, कृषि सहकारी, उद्यमी र निजी फर्ममा आवद्ध किसानले अनुदानका लागि आवेदन दिन सक्नेछन् ।
निर्देशनालयले लक्षित आय आर्जन कार्यक्रमअन्तर्गत दलित महिला र पिछडिएका वर्गका लागि कृषि अनुदान उपलब्ध गराउने उल्लेख गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी आयआर्जन गर्ने कार्यक्रमहरू, दाल बाली प्रवर्द्धन कार्यक्रम र उन्नत बीउमा अनुदान दिइनेछ।
निर्देशनालयका कार्यवाहक निर्देशक चित्रबहादुर रोकायाले खाद्य बालीको बीउ उत्पादन कार्यक्रम, मौरीपालन, चिया खेती र व्यावसायिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदान दिइने बताए ।
निर्देशनालयले जग्गा भाडा र विद्युत महसुलमा पनि अनुदान दिनेछ ।
१४३ पटक हेरीएको