मुख्य समाचार

परराष्ट्रमन्त्री साउदले संयुक्त राष्ट्रसंघका युएसजी डिकार्लोसँग भेटवार्ता

परराष्ट्रमन्त्री साउदले संयुक्त राष्ट्रसंघका युएसजी डिकार्लोसँग भेटवार्ता

१ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त राष्ट्रसंघको राजनीति तथा शान्ति स्थापना मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार भएको भेटवार्तामा उनीहरुबीच विश्व शान्ति र सुरक्षाका विषयमा छलफल भएको थियो । शान्ति स्थापनाका लागि गर्नुपर्ने अन्य विभिन्न पहलबारे पनि छलफल भएको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

सो अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

२२२ पटक हेरीएको

सम्बन्धित समाचार