असोज ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्ताको आह्वानलाई अस्वीकार गर्दै विद्यालय शिक्षा विधेयकको विरुद्धमा देशभरका शिक्षकहरुको निर्वाचित संस्था नेपाल शिक्षक महासंघले बुधबारदेखि शिक्षण सिकाइ गतिविधि अवरुद्ध गर्ने गरी आन्दोलन गर्ने भएको छ ।
आन्दोलनले ६ हजार निजी रहेका ३४ हजार विद्यालयका ७० लाख विद्यार्थीको पढाइ प्रभावित हुनेछ । २० प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा भर्ना भएका छन् ।
गत भदौ १३ गते प्रतिनिधिसभामा दर्ता भएदेखि नै यो विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।विद्येयकको विरोधमा शुक्रबार प्रदर्शन गरेको महासंघले बुधबारदेखि विद्यालय बन्द गरेर आन्दोलनको शृंखलाबद्ध घोषणा गरेको छ ।
१७८ पटक हेरीएको