समाचार

संघीयतालाई संस्थागत गर्न उपराष्ट्रपति यादव

संघीयतालाई संस्थागत गर्न उपराष्ट्रपति यादव

असोज ३, काठमाडौँ । उपराष्ट्रपति रामसहयप्रसाद यादवले संविधान दिवस, २०८० को अवसरमा देशको समृद्धि र दिगो विकासको कामना गर्नुभएको छ ।

सो अवसरमा आज एक सन्देश जारी गर्दै उपराष्ट्रपतिले संविधानको मर्म र भावनामा उल्लेख भएबमोजिम समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्था र समावेशीतालाई साकार पार्न सबैले लाग्नुपर्ने बताउनुभएको छ । उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्न र प्रदेशलाई संविधानबमोजिम सशक्तिकरण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।

प्रदेश र स्थानीय तहलाई अधिकार र स्रोतको प्रत्यायोजनमा केही ढिलाइ भइरहेको बताउँदै उपराष्ट्रपतिले संविधानबमोजिम प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न गरी संघीय प्रणालीलाई संस्थागत गर्न आवश्यक र अपरिहार्य भएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीमा युवाहरुको बढ्दो संख्यामा चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

२०३ पटक हेरीएको

सम्बन्धित समाचार