असोज ३, काठमाडौँ । बुधबार संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । सात दशक लामो संघर्ष र बलिदानपछि संविधानसभाले नेपालको संविधान जारी गरेको दिनको सम्झनामा नेपाली क्यालेन्डरअनुसार असोज ३ गते संविधान दिवस मनाइँदैछ ।
सरकारले विगत केही दिनदेखि विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । संविधान दिवस समारोह समितिले बुधबार काठमाडौंको टुँडिखेलमा आयोजना गर्ने कार्यक्रम रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्नेछ ।
२४१ पटक हेरीएको