असोज ४, कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले बिरामीको उपचारमा संलग्न रहेको भन्दै शारीरिक कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
मंगलबार मध्यरातमा भएको घटनामा गोकुलपुर बेलौरीका रामबहादुर खड्काले सोही स्वास्थ्य केन्द्रमा कार्यरत सहायक स्वास्थ्यकर्मी नरेन्द्रप्रसाद गैरेलाई हातपात गरेका थिए । उनी बिरामी बाबुराम चौधरीको उपचार गराइरहेका बेला खड्का नेतृत्वको समूहले गैरेमाथि प्रहार गरेको थियो ।
त्यसको जवाफमा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बुधबार विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरे बिहीबारदेखि आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
यसैगरी, नेपाल सीएमए संघ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
२४९ पटक हेरीएको