मुख्य समाचार

सेप्टेम्बर २१: आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

सेप्टेम्बर २१: आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

असोज ४, काठमाडौं । बिहीबार विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस मनाइन्छ ।

सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेपछि प्रत्येक वर्ष संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले यो दिवस मनाउँदै आएका छन् । यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘शान्तिको लागि कार्य: विश्वव्यापी लक्ष्यका लागि हाम्रो महत्वाकांक्षा’ रहेको छ, जसले शान्ति प्रवर्द्धनमार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न व्यक्तिगत र सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गरेको छ।

सेप्टेम्बर २१ लाई अल्जाइमर रोग र अन्य डिमेन्सिया वरपरको कलंकलाई सचेत गराउने र चुनौती दिने उद्देश्यले विश्वमा अल्जाइमर दिवसको रूपमा पनि मनाइन्छ। यस वर्षको दिवसको नारा ‘कहिल्यै धेरै चाँडो, कहिल्यै ढिलो हुँदैन’ रहेको छ ।

१९७ पटक हेरीएको

सम्बन्धित समाचार