गण्डकी

डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

असोज १०, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अस्पतालमा बिरामीको मृत्युको कारण खुलाउन माग गर्दै भएको आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेको आरोपमा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुरालाई श्वासप्रश्वासमा समस्या र ढाड दुखेको उपचारका लागि भदौ २४ गते पोखरा–११ स्थित शिक्षण अस्पतालमा ल्याइएको थियो भने त्यसको एक दिनपछि भदौ २५ गते चिकित्सकले मृत घोषणा गरेका थिए ।

पक्राउ परेका व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ बमोजिम ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

१२९ पटक हेरीएको

सम्बन्धित समाचार