मुख्य समाचार

२२ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र खबर गर्न निर्देशन

२२ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र खबर गर्न निर्देशन

असोज १०, काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्क सुचारु गर्न निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका यी प्रहरी कर्मचारीलाई तोकिएको सात दिनभित्र तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

जिल्लाका विभिन्न कार्यालयमा तैनाथ रहेका यी प्रहरी एक महिनाभन्दा बढी समयदेखि अनुत्तरदायी छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) मा उल्लिखित प्रक्रिया पूरा गरेर पनि विभिन्न मितिदेखि स्वेच्छिक रूपमा आफ्नो ड्युटी स्टेशनबाट टाढा बसेको र सम्बन्धित कार्यालयमा कुनै किसिमको सम्पर्क कायम गर्न नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचनामा स्पष्ट उल्लेख छ, “यी अधिकारीहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिई प्रहरी प्रधान कार्यालय वा यो सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन अनिवार्य छ।”

साथै, सूचनामा प्रहरी नियमावली, २०७१ को दफा १०९ (ख) (१) बमोजिम पालना नगरेमा सम्भावित परिणामका सम्बन्धमा कडा चेतावनी दिइएको छ।

१४२ पटक हेरीएको

सम्बन्धित समाचार