असोज १२, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५ इन्द्रगौडा बजारमा ६६औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको मुसिकोट नगरपालिकाका मेयर जिबलाल खरेल जीवनले उद्घाटन गरेका हुन् । ग्राहकको बढ्दो संख्या र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले यो एक्स्टेन्सन काउन्टर खोलेको हो ।
यो एक्सटेन्सन काउन्टर वामी शाखाको अख्तियारमा राखिएको छ र निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सलगायत सबै प्रकारका सामान्य बैंकिङ सेवाहरू उपलब्ध गराइनेछ ।
त्यसैगरी बैंकले डिजिटल बैंकिङ र रेमिट्यान्स व्यवसायसँग सम्बन्धित वित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक देशका हरेक जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो व्यावसायिक बैंक हो ।
बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालय लगायत ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
१२७ पटक हेरीएको