कर्णाली

कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरियो

कर्णाली र लुम्बिनी प्रदेशबाट  मनसुन बाहिरियो

असोज २२, काठमाडौं । देशका कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य क्षेत्रबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने महाशाखाको अनुमान छ ।

मनसुन सिजन जुन १४ मा नेपालमा प्रवेश गर्छ र सामान्यतया अक्टोबर २ मा समाप्त हुन्छ। तर, यस वर्ष पश्चिम क्षेत्रमा पाँच दिन ढिलाइ भएको देखिएको छ । विगतका वर्षहरूमा मनसुन देशभर एकै किसिमले फर्किए पनि यस वर्ष सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मात्रै मनसुन घटेको देखिएको छ ।

महाशाखाले देशभरबाट मनसुन प्रस्थानको सही समयरेखा निर्धारण गर्न अवस्थाको अनुगमन गरिरहेको जनाएको छ । मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी भूभागमा तत्कालै पानी पर्ने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाले अन्य क्षेत्रमा लामो वा भारी वर्षाको सम्भावना पनि नरहेको जनाएको छ ।

पूर्वी र मध्य नेपाल र बंगलादेशको न्यून चापीय प्रणालीका कारण वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य भूभागमा छिटपुट वर्षा भइरहेको छ ।

दिउँसोः कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बेलुका कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने र अन्य प्रदेशमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

१५२ पटक हेरीएको

सम्बन्धित समाचार