असोज २२, काठमाडौं । तिब्बती मार्गबाट सगरमाथा आरोहण गर्न गएका एक अमेरिकी र एक नेपाली पर्वतारोहीको हिमपहिरोमा परी मृत्यु भएको छ ।
तिब्बतको शिशापाङ्मा हिमपहिरोमा परी अमेरिकी पर्वतारोही अन्ना गुटु र नेपाली पथप्रदर्शक मिङ्मार शेर्पाको मृत्यु भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
शनिबार ७,६०० र ७,००० मिटरको उचाइमा भएका दुई हिमपहिरोमा खसेर उनीहरुको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । त्यस्तै अर्की अमेरिकी पर्वतारोही जिना मेरी र नेपाली गाइड तेन्जेन शेर्पा बेपत्ता भएका छन् ।
करिब ८ हजार मिटरको उचाइमा रहेको शिशापाङ्मालाई सबैभन्दा सहज हिमाल मानिन्छ । पर्वतारोहीहरूले यसलाई ‘आठ हजार’ पनि भन्ने गर्छन् ।हिमपातका कारण उक्त रुटमा सबै आरोहण रोकिएको छ ।
१६० पटक हेरीएको