असोज २७, काठमाडौं । एक साताअघि आतंकवादी समूह हमासको अभूतपूर्व आक्रमणपछि इजरायलमा आतङ्क मच्चिएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न तल्लो सदनका सदस्यहरूले तत्काल सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा मन्तव्य राख्दै विमला सुवेदीले इजरायलमा रहेका २५४ नेपालीको उद्धार गरी सुरक्षित स्वदेश फर्कने सरकारको कदमको स्वागत गर्नुभयो । उनले स्वदेश फर्कन चाहने सबै नेपालीको सुरक्षित फिर्ताको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेकी छन् ।
रघुजी पन्तले इजरायलमा हमासको आक्रमणमा मारिएका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दै इजरायलमा हमलामा बेपत्ता भएका एक नेपालीको खोजीका लागि कूटनीतिक पहल गर्न सुझाव दिए ।
असोज २७, काठमाडौं । मनिष झाले इजरायलबाट नेपालीहरुको समुहलाई सुरक्षित फिर्ता गराउन सरकारले गरेको प्रयासको प्रशंसा गरे ।
रमा कोइराला पौडेलले इजरायलमा ‘केयरगिभर’को रुपमा काम गरिरहेका नेपाली महिला ठूलो संख्यामा फर्किन चाहेको खण्डमा यो सम्भव हुनुपर्ने बताइन् । त्यसैगरी भीमप्रसाद आचार्यले शिक्षक र स्वास्थ्यकर्मीको समस्या सम्बोधन गरी कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरे ।
तर, मीना तामाङ, मुक्ताकुमारी यादव, रामकुमार राई, रानेन्द्र बराइली र रञ्जुकुमारी झाले चाडपर्वको पूर्वसन्ध्यामा बजारमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई रोक्न सरकार असफल भएको आरोप लगाएका छन् भने रामप्रकाश चौधरीले सरकारलाई सुपथ मूल्य निर्धारण गर्न आग्रह गरेका छन् । चाडपर्वलाई मध्यनजर गर्दै तराई–मधेस जिल्लाका प्रत्येक स्थानीय तहमा पसलहरु
रामहरि खतिवडाले ज्वरो विरुद्ध समयमै ठोस उपाय नगरे डेंगुको संक्रमणले घातक रुप लिने चेतावनी दिए । यसैबीच, राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने उद्देश्य रहेको विधेयक असोज २१ गते संसदमा दर्ता भएको थियो ।
सदनको बैठक असोज १७ गते दिउँसो १ बजे बस्नेछ ।
२२६ पटक हेरीएको