असोज २७, काठमाडौं । सरकारले शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला गरेको छ । दशैंको अवसरमा सर्वसाधारणको आवतजावतमा सहजताका लागि यो व्यवस्था गरिएको हो ।
जसका कारण यात्रुवाहक सवारी साधनले देशको कुनै पनि भागमा सेवा दिन रुट परमिट लिनु नपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यो प्रावधान अक्टोबर २७ सम्म लागू रहनेछ।
त्यसैगरी खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु ओसारपसार गर्ने बाहेक ट्रेलरलगायत ठूला मालबाहक सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
दशैं मनाउन घर जाने यात्रुको सहजताका लागि असोज ९ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
देशका बहुसंख्यक हिन्दूहरुको महान चाड दशैं मनाउन सङ्घीय राजधानी छाडेर आ–आफ्नो गाउँ र गाउँमा २० लाखभन्दा बढी मानिसहरु आउने अपेक्षा गरिएको छ ।
१७८ पटक हेरीएको