फोटो ग्यालरी

सल्यानमा रास्वपाको झन्डा राखिएको जिपबाट मदिरा र चामल बरामद, दुई जना पक्राउ

सल्यानमा रास्वपाको झन्डा राखिएको जिपबाट मदिरा र चामल बरामद, दुई जना पक्राउ


सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर प्रचारमा हिँडिरहेको जिपबाट प्रहरीले मदिरा र खाद्यान्न बरामद गरेको छ। घटनामा दुई जनालाई नियन्त्रणमा लिइएको छ।
सोमबार बिहान करिब ८:१५ बजे बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजार बाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिप बिग्रिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अत्यधिक सामान लोड गरिएको कारण गाडी बिग्रिएको प्रारम्भिक अनुमान गरिएको छ।
चेक जाँचका क्रममा जिपबाट २५ केजीका दुई बोरा चामल, सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद गरिएको छ।
जिपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिइएको छ। यो जानकारी जिल्ला प्रहरी कार्यालय सल्यान ले दिएको हो।
प्रहरीले उक्त सामान निर्वाचन प्रयोजनका लागि प्रयोग गर्न लगिएको हुन सक्ने आशंका गरेको छ।“यस विषयमा रास्वपाका नगर सभापति लोकेन्द्र ओलीसँग बुझ्दा गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको उनले दाबी गरे। उनले ‘प्रचारप्रसारमा हिँडेको गाडीमा सामान राख्नु व्यापारीकै गल्ती हो’ भने।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।”

२९७ पटक हेरीएको

सम्बन्धित समाचार