मुख्य समाचार

पर्सामा बमसहित प्रतिनिधिसभा नेकपा का उम्मेदवार पक्राउ

पर्सामा बमसहित प्रतिनिधिसभा नेकपा का उम्मेदवार  पक्राउ

पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्यका एक उम्मेदवारलाई बमसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाली कम्युनिस्ट पार्टीबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीलाई पर्सागढी नगरपालिका–बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार चौधरीलाई शङ्कास्पद वस्तु फेला परेपछि नियन्त्रणमा लिइएको थियो। पछि उक्त वस्तु बम भएको पुष्टि भएको पर्सा प्रहरी प्रमुख सुदीप राज पाठकले जानकारी दिए। उनका अनुसार भेटिएको होक्सी बमलाई नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा निष्क्रिय पारिएको छ।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले चौधरीलाई सार्वजनिक गरेको हो। सोही गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले उनीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनामा संलग्न गाडीसमेत नियन्त्रणमा लिएको छ। चौधरीमाथि निर्वाचन ऐन, २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थ सम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

२२७ पटक हेरीएको

सम्बन्धित समाचार