कोशी

कोशी प्रदेशका मुख्यमन्त्रीको समयावधि थपियो

कोशी प्रदेशका मुख्यमन्त्रीको समयावधि थपियो

असोज २७, काठमाडौं । प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेशमा मुख्यमन्त्री चयनका लागि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेशसभा सदस्यलाई परिचयपत्रसहित प्रदेशसभामा उपस्थित हुन आह्वान गरेको छ ।

नेपाली काँग्रेसका निर्वाचित प्रदेशसभा सदस्य केदार कार्की र नेकपा (माओवादी केन्द्र) कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार समान ४७ सदस्यको हस्ताक्षरसहित पदमा आफ्नो दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवै समूहका कांग्रेसका आठ जना सांसदको हस्ताक्षर भेटिएपछि शनिबार प्रदेशसभा सदस्यलाई स्पष्ट परिचयपत्रसहित उपस्थित हुन आग्रह गरेका छन् ।

२०१ पटक हेरीएको

सम्बन्धित समाचार