कार्तिक ६, काठमाडौं । विश्वका सात महादेशका सात अग्लो हिमाल आरोहणको अभियानमा रहेका आरोही प्रकाशराज पाण्डे अफ्रिकी महादेशको अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्न प्रस्थान गरेका छन् । आरोही पाण्डेलाई वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीले नेपालको झण्डा हस्तान्तरण गरी बिदाइ गरेका थिए ।
उनले सगरमाथा, मनास्लु, अमदब्लमलगायत नेपालको ६ वटा हिमालको सफल आरोहण गरी सातै महादेशका अग्लो हिमाल आरोहणको अभियान सुरु गरेका छन् । गत जुनमा युरोपको सबैभन्दा अग्लो हिमशिखर माउन्ट एल्ब्रसको आरोहण गरेपछि उनी अक्टोबर २५ मा अफ्रिका जान लागेका हुन् ।
आफ्नो अभियानले नेपालको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुग्ने पाण्डे बताउँछन् ।
सन् २०१६ देखि निरन्तर हिमाल आरोहण र २०१८ मा सगरमाथा आरोहण गरेका पाण्डेले अहिले विभिन्न महादेशका हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन् ।
मकालु आउटफिटले उनको पदयात्राका लागि आवश्यक पर्वतारोहण गियर उपलब्ध गराएको छ ।
१६७ पटक हेरीएको