कार्तिक ९, काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानी आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका–२ का प्रहरी जवान अमितेश मण्डल हाल कोशी कटानमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राति सुत्ने कोठामा एक्लै हुँदा मण्डलले पेस्तोलबाट टाउकोमा गोली हानेको प्रहरीले जनाएको छ । घरायसी तनावका कारण मण्डलले आत्महत्या गरेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मण्डलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।
१५८ पटक हेरीएको