खेलकुद

त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ

त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ

कार्तिक १०, काठमाडौं । कीर्तिपुरस्थित त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

बुधबार भएको खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि उत्कृष्ट रन रेटका आधारमा युएईले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि युएई र हङकङले एक–एक खेल जितेका थिए । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले टस जितेर पहिले ब्याटिङ गरेको २० ओभरमा ३ विकेट गुमाएर २१३ रन बनाएको थियो । ओपनर मार्टिन कोएत्जीले उत्कृष्ट प्रदर्शन गर्दै ५५ बलमा १० चौका र चार छक्का सहित ८८ रन बनाए ।

बाबर हयातले २० बलमा पाँच चौका र पाँच छक्का प्रहार गर्दै र्यापिड फायर ६० रन बनाए। युएईका निलांस केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान १–१ विकेट लिए । जवाफमा युएईले आफ्नो रन पछ्याउने क्रममा पाँच विकेटको क्षतिमा १४३ रन जोडेको थियो । खालिद शाहले सर्वाधिक ३५ रन बनाए भने निलांस केसवानीले ३१ रनको महत्वपूर्ण योगदान दिए ।

हङकङका एहसान खान, आयुष शुक्ला, नसरुल्ला राना र यासिम मुर्तजाले एक एक विकेट लिएर टोलीको जितमा योगदान पुर्याए ।

१८३ पटक हेरीएको

सम्बन्धित समाचार