मनोरञ्जन

नेपाली चलचित्र ‘हलकारा’ नवौं एसियाली फिल्म फेस्टिभलमा छनोट

नेपाली चलचित्र ‘हलकारा’ नवौं एसियाली फिल्म फेस्टिभलमा छनोट

कार्तिक १४, काठमाडौं । पोष्टम्यानमार्फत नेपालमा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा बताउने फिचर फिल्म ‘हलकारा’ अमेरिकामा आयोजना हुने एसियन फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ ।

यो चलचित्रले एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज (ओस्कार अवार्ड) को ९६ औं संस्करण अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालको प्रतिनिधित्व गरेको थियो। आगामी नोभेम्बर ८ देखि डिसेम्बर ३ सम्म अमेरिकाको लस एन्जलसको कलभर सिटीमा आयोजना हुने फेस्टिभलअन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा ‘हलकारा’ छनोट भएको चलचित्र निर्देशक विक्रम सापकोटाले जानकारी दिए ।

सापकोटाले भने, “हाम्रो फिल्म अवार्डका लागि मनोनयनमा परेको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं। दुई कार्यक्रमको योजना छ। हाम्रो अनौठो कथाले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पाएको समीक्षाबाट हामी प्रेरित भएका छौं,” सापकोटाले भने।

चलचित्रमा कलाकार महेश त्रिपाठी, विनिता थापा मगर, दीपक क्षेत्री लगायतले अभिनय गरेका छन् ।

२१२ पटक हेरीएको

सम्बन्धित समाचार