खेलकुद

मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जिते

मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जिते

कार्तिक १४, काठमाडौं । इन्टर मियामीबाट खेल्दै सुपरस्टार अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले आफ्नो करियरमा आठौं पटक विश्व कीर्तिमान बनाएर प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन् ।

फ्रान्स फुटबलले प्रदान गरेको सन् २०२२-२३ को सिजनमा विश्वको उत्कृष्ट फुटबल खेलाडीको मान्यता दिने वार्षिक पुरस्कार पेरिसको थिएटर डु च्याटलेटमा आयोजित एक समारोहमा प्रदान गरिएको हो ।

मतगणना अनुसार नर्वेका म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेनका केलियन एमबाप्पे दोस्रो र तेस्रो स्थानमा छन् ।

यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए।

१३८ पटक हेरीएको

सम्बन्धित समाचार