मुख्य समाचार

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको सहयोग रहने प्रधानमन्त्रीको विश्वास

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको सहयोग रहने प्रधानमन्त्रीको विश्वास

कार्तिक १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसंघले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले शान्तिका लागि राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपालमा प्रक्रिया ‘नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको राय सकारात्मक छ,’ उनले भने ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया, गरिबी, जलवायु परिवर्तनलगायत विषयमा महासचिव गुटेरेसले सदनमा गरेको सम्बोधनको प्रशंसा गर्नुभएको छ । युएनएसजी गुटेर्रेसले नेपालको सही मूल्याङ्कन गरेको बताउँदै उनले जलवायु परिवर्तन जस्ता समस्यामा विकसित मुलुकले नेपालजस्ता गरिब देशलाई सहयोग गर्नुपर्ने कुरा प्रशंसनीय भएको बताए ।

१७३ पटक हेरीएको

सम्बन्धित समाचार