कर्णाली

अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ

अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ

१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिम जिल्लामा गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको खबरले काठमाडौंस्थित अमेरिकी राजदूतावासले अत्यन्त दुःखी भएको जनाएको छ ।

दूतावासले ‘नेपाल यस डरलाग्दो भूकम्पबाट बाहिर निस्कँदा सहयोग गर्न अमेरिका तयार रहेको’ जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अहिलेसम्म जम्मा १५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २०० नाघेको छ ।

१६६ पटक हेरीएको

सम्बन्धित समाचार