२१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज चीन जाँदै छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा अध्यक्ष नेपाल दक्षिण एसियाली राजनीतिक दलहरु सम्मिलित कार्यक्रममा सहभागी हुनेछन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
अध्यक्ष नेपालसँगै आएको १५ सदस्यीय प्रतिनिधिमण्डलमा पार्टीका उपाध्यक्ष डा बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधीर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह, गणेश विकलगायत पार्टीका प्रमुख व्यक्तित्व रहेका छन् ।
२२८ पटक हेरीएको