कर्णाली

भारतले नेपाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण

भारतले नेपाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण

२१ कात्तिक, काठमाडौं । भारतले नेपालमा भूकम्पपीडित परिवारका लागि आपत्कालीन राहत सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ ।

नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा भारत सरकारका तर्फबाट नियोगका उपप्रमुख प्रसन्न श्रीवास्तवले उक्त सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् । ९ टन राहत सामग्रीको खेप भारतीय वायुसेनाको विशेष सी–१३० मार्फत नेपालगञ्ज ल्याइएको थियो र त्यसमा अत्यावश्यक स्वास्थ्य तथा सरसफाईका सामग्री, पाल, सुत्ने झोला र कम्बल रहेको थियो ।

यो ०३ नोभेम्बर २०२३ मा जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्सा हो, काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भारतले उपलब्ध गराएको ११ टनभन्दा बढी राहत सामग्री जसमा टेन्ट, टरपाल, कम्बल, सुत्ने झोलाका साथै अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको पहिलो खेप ५ नोभेम्बर २०२३ मा नेपाललाई हस्तान्तरण गरिएको थियो ।

जाजरकोट भूकम्पपछिको अवस्थामा नेपाल सरकारलाई सक्दो सहयोग गर्न भारत निरन्तर लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।

१८४ पटक हेरीएको

सम्बन्धित समाचार