कोशी

संखुवासभामा १ हजार ७ सयभन्दा बढी डेंगुका बिरामी

संखुवासभामा १ हजार ७ सयभन्दा बढी डेंगुका बिरामी

२६ कात्तिक, काठमाडौं । संखुवासभा जिल्लामा एक हजार ७१० जनामा ​​डेङ्गुको संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हिमाली जिल्लामा डेङ्गुका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । महाशाखाले हालै जिल्ला सदरमुकाम खाँदबारीमा १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा स्वास्थ्य शाखाका प्रमुखलाई आमन्त्रण गरी डेङ्गु नियन्त्रण र उपचारका बारेमा जानकारी दिने कार्यक्रम गरेको थियो ।

महाशाखाका निर्देशक डा रुद्र मरासिनीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य अधिकारीलाई डेंगु नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, विद्यालय स्वास्थ्य परिचारिका कार्यक्रमलाई सक्रिय बनाउने र डेंगु नियन्त्रण र रोकथामको सन्देश प्रवाह गर्न स्वास्थ्य स्वयंसेवक परिचालन गरी सक्रियताका साथ काम गर्न आग्रह गरे ।

१५४ पटक हेरीएको

सम्बन्धित समाचार