२७ कात्तिक, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–९ मा आज बिहान जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या सात पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । देवचुली गाउँपालिका–९ गोरेघुम्तीमा बौदीकाली गाउँपालिका–१ माझडाँडाबाट दलदले बजारतर्फ जाँदै गरेको लु १ ज ३२७० नंको जीप दुर्घटना भएको हो ।
योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । तीन पुरुष र तीन महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु भएका ६ मध्ये ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जिपका चालक २६ वर्षीय बहादुर आलेमगर, ५५ वर्षीय टेकमान वन्टाक्की मगर, ५२ वर्षीया कुमारी राणा र बौदीकाली–६ माझडाँडाकी ४५ वर्षीया कमला वन्टाक्की मगर रहेका छन् । बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिश्मा थाडा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
मृतक मध्ये एकको नाम र ठेगाना भने खुल्न सकेको छैन । जीप सडकबाट ओर्लिएर सडक छेउमा रहेको घरमा ठोक्किएको थियो ।
२४६ पटक हेरीएको