२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् पात्रो नेवारको मात्र नभई यो नेपाल र सम्पूर्ण नेपालीको अनुपम पात्रो भएको बताउनुभएको छ । नेपाल संवत् पात्रोका प्रवक्ता शंखधर साख्वाको शालिकमा माल्यार्पण र मौलिक नाम मध्यपुरथिमिको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । शंखधर साख्वा फाउण्डेशनले आज मध्यपुरथिमिमा कार्यक्रमको आयोजना गरेको हो ।
“नेपाल संवत् नेवारहरूको मात्र हो भन्ने भ्रम थियो। यो नेपालको आफ्नै स्वदेशी क्यालेन्डर हो। यो सबै जातजाति र समुदायको साझा पात्रो हो। यो क्यालेन्डर सिङ्गो नेपाल र नेपालीको मात्र पात्रो भएकाले नेपालीले यसमा गर्व गर्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने ।
२०४ पटक हेरीएको