मुख्य समाचार

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

१ मंसिर, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारेका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा रहेको सातार्चुली पोष्टबाट साढे तीन किलोमिटर दक्षिणपूर्वमा खाल्डो बनाएर गैँडा मारिएको हो ।

खाल्डोमा ६ वर्षीया र १८ वर्षीया पोथी गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । दुवै गैँडा सिङ्ग नभएको अवस्थामा मृत फेला परेका थिए । उनले भने, “छ वर्षको गैँडाको सिङ काटिएको छ, अर्को ठूलो गैँडाको सिङ्ग छैन।” ६ वर्षीय गैँडा मरेको अवस्थामा फेला परेको खाल्डो नयाँ रहेको र अर्को गैँडाको खाडल तुलनात्मक रूपमा पुरानो भएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैँडा तीन दिनअघि र ठूला गैँडा १० दिनअघि खाडलमा लगिएको अनुमान गरिएको छ ।

बिहीबार साँझ घटनाको विस्तृत विवरण आएपछि अनुसन्धान थालिएको उनले बताए ।

२३० पटक हेरीएको

सम्बन्धित समाचार