४ मंसिर, काठमाडौं । भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटौं पटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । अष्ट्रेलियाले खेलको ४३ औं ओभरमा ४ विकेट गुमाएर लक्ष्य पछ्यायो ।
अष्ट्रेलियाले एकदिवसीय विश्वकप जितेको यो छैटौं पटक हो । अस्ट्रेलियाले सन् १९९९, २००३, २००७ र २०१५ मा पनि उपाधि जितेको थियो ।
२५६ पटक हेरीएको