मधेस

सिरहामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सिरहामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

७ मंसिर, काठमाडौं । सिरहामा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन युवाको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी अर्नामा गाउँपालिकाका २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी रविन्द्रराज पाण्डेका अनुसार १५ वर्षीय युवराज यादव गम्भीर घाइते भएका छन् । उनको सिरहा प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।

तीव्र गतिका कारण दुबै मोटरसाइकल एकआपसमा ठोक्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

२०९ पटक हेरीएको

सम्बन्धित समाचार