मुख्य समाचार

दूरसञ्चार विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रम खड्का

दूरसञ्चार विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रम खड्का

९ मंसिर, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास ‘डिजिटल नेपालको’ मेरुदण्ड भएको बताउनुभएको छ ।

‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ शीर्षकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको खाडल हटेको बताए । उपप्रधानमन्त्री ज्ञवालीले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रम दस्तावेजमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘डिजिटल नेपालको मेरुदण्ड दूरसञ्चारको विकास हो । त्यसैले उपयुक्त रणनीति र पर्याप्त पूर्वाधार र आवश्यक जनशक्तिको विकास गर्नुका साथै यसका लागि लगानीलाई प्राथमिकतामा राखिएको छ । यही प्राथमिकतालाई आत्मसात गर्दै नेपाल सरकारले आफ्ना वर्तमान योजना, नीति तथा कार्यक्रममा दूरसञ्चार र अन्य प्रविधि क्षेत्रको विकासमा विशेष जोड दिइरहेको छ,’ उपप्रधानमन्त्री खड्काले भने ।दूरसञ्चार क्षेत्रमा भएको आधुनिक प्रविधिको तीव्र विकास र संरचनामा आएको गतिशील परिवर्तनका कारण यस क्षेत्रमा नयाँ अवसर आएको पनि उहाँले बताउनुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले दूरसञ्चार क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई अध्ययन गरी नेपालको सन्दर्भमा समग्र सामाजिक र आर्थिक विकाससँगै दूरसञ्चारको विस्तार र उपयोगलाई पनि हेर्नुपर्ने समय आएको बताए ।

“२१ औं शताब्दीको गतिशील परिदृश्यलाई हेर्दा राष्ट्रहरूको शक्ति र क्षमतालाई आकार दिन दूरसञ्चारको भूमिका महत्वपूर्ण रहेको देखिन्छ। विविध संस्कृति र भूगोलले भरिपूर्ण नेपालको परिप्रेक्ष्यमा दूरसञ्चार क्षेत्रको विकासले पूर्णरूपमा परिवर्तन ल्याएको छ । यसको विकासले नेपाली जनताको विकासको गहिरो चाहना झल्काउँछ,’ उनले भने । उनका अनुसार नेपालमा टेलिकमको विकासबाट विद्यार्थी लाभान्वित भएका छन् र यसले आर्थिक वृद्धि, सामाजिक विकास र सर्वाङ्गीण प्रगतिको नयाँ मार्ग पनि प्रशस्त गरेको छ ।“शिक्षा क्षेत्रमा दूरसञ्चारको विकासले भौगोलिक अवरोध हटाउँदै सहरी र ग्रामीण क्षेत्रका विद्यार्थीबीचको खाडल घटाएर विद्यार्थीलाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरेको छ । टेलिमेडिसिनले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउनेछ र भौगोलिक रूपमा टाढा रहेका मानिसहरूलाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउने अवस्था सिर्जना गरिरहेको छ,’ उनले भने ।

उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासले डिजिटल अर्थतन्त्रको विस्तारमा टेवा पु¥याउनुका साथै उद्योगी तथा साना व्यवसायीलाई विश्वव्यापी रूपमा फस्टाउन सहयोग गरेको विश्वास व्यक्त गर्नुभयो । अवसरसँगै दूरसञ्चारको विकासले चुनौती पनि ल्याएको बताउदै उनले दूरसञ्चार सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेकोमा जोड दिए ।

१३१ पटक हेरीएको

सम्बन्धित समाचार