१० मंसिर, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अन्धेरी गाउँमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका–५ अन्नपूर्ण स्कुलका पिकनिकर बोकेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दिउँसो पिकनिक स्थलबाट फर्कने क्रममा दुर्घटना भएको हो । घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हरि नन्दन चौधरीले जानकारी दिए ।
यस्तै, गम्भीर घाइते पाँच विद्यार्थीलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।
१२६ पटक हेरीएको