मुख्य समाचार

सडक दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

सडक दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

१७ मंसिर, काठमाडौं । जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा शहिद लखन गाउँपालिका–३ सिलिङ्दोभानका २९ वर्षीय पदमबहादुर थापामगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै दुर्घटनामा परी शहिद लखन गाउँपालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ का ३५ वर्षीय ट्याक्टर चालक विश्वास गुरुङ घाइते भएका छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ ।

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–४ कडामहामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय मोहम्मद हारुन रहेको राजविराजबाट प्राप्त समाचारले जनाएको छ ।

उनी चढेको मोटरसाइकललाई पूर्व पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

१७४ पटक हेरीएको

सम्बन्धित समाचार